सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८३ असार ८, १०:१४ खबर संवाददाता

धनगढीः कैलालीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलालीको जोशीपुर गाउँपालिका–१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउँदलाई आईतबार प्रहरीले पक्राउ गरेको हो। साउँदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस