रास्वपाको सुदूरपश्चिम उपसभापतिमा भट्टको दाबी
२०८३ जेठ २९, १०:५८
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश उपसभापतिमा जसुदेवी भट्ट उम्मेदवार बन्ने भएकी छन्। असार १ गते हुने भनिएको प्रदेश अधिवेशनमा भट्टले उपसभापतिमा दाबी रहेको बताइन्।
पार्टीको सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष र महिला विभाग प्रमुखसमेत रहेकी भट्टले प्रथम प्रदेश अधिवेशनबाट उपसभापतिमा उम्मेदारी दिने तयारी गरेको बताइन्। २०७९ मा पार्टीको समानुपातिक उम्मेदवारसमेत रहेकी भट्ट रास्वापा सुदूरपश्चिम प्रदेश समितिकफ संस्थापक सदस्य हुन्।
कमेन्ट लोड गर्नुस