सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री चन्दको ‘स्पिरिङ स्एन अडिप्ट डिरेक्टर’ कविता लोकार्पण

। फोटो स्रोत ।
२०७६ भदौ १४, ०७:४३ खबर संवाददाता

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको अंग्रेजी संस्करण ‘स्पिरिङ स्एन अडिप्ट डिरेक्टर’ शीर्षकको कविता लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सो पुस्तक सार्वजनिक गरिएको हो। यसअघि दर्जनौं पुस्तक प्रकाशित गरिसकेका नेता चन्दको साहित्य लेखनमा विविधता यो कवितामा पनि रहेको पाइन्छ।

यसै विविधताको अर्को प्रमाणको रुपमा यो पुस्तक आएको हो। नेपाली भाषीका लागि मात्र नभएर विश्वभरका साहित्य पारखीको लागि अंग्रेजीमा प्रकाशन गरेर नेपाली साहित्यलाई विश्वव्यापी गरेको उनले बताए। पूर्वराष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले पुस्तकको लोर्कापण गरेको थिए।
 

कमेन्ट लोड गर्नुस