सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिस फारवेष्ट नेपालको दोश्रो सस्करण हुने

२०७६ भदौ १४, ०६:३४ खबर संवाददाता

धनगढीमा दोस्रो मिस फारवेष्ट नेपाल–२०१९ प्रतियोगिता हुने भएको छ। रोयल कोलाबोरेटिभ प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो। प्रतियोगिताको अडिसनका लागि आवेदन फारामहरु वितरण शुरु भइसकेको प्रतियोगिता संयोजक पवन बसुवाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको अडिसन धनगढी, टीकापुर र कञ्चनपुरको महेन्द्रनगरमा हुने छ। असोज ५ गतेदेखि प्रतियोगिताको अडिसन शुरु हुने आयोजक कमिटि सदस्य देवन्द्र जोशीले बताए। अडिसन पश्चात उनीहरुको एक महिनासम्म क्षमता अभिवृद्धि गरिने छ।

प्रतियोगिताको फाइनल धनगढीमा कार्तिक छ गते हुने जनाइएको छ। प्रतियोगिताको प्रथम विजेताले स्कुटर, दोस्रोले नगद ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। यसअघिको प्रथम मिस फारवेष्ट २०१८ को विजेता मोनिका गुरुङ भएकी थिइन्।

कमेन्ट लोड गर्नुस