सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्कने क्रममा जीप दुर्घटनामा परि श्रीमानको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ १४, ०४:३८ खबर संवाददाता

जीप दुर्घटनामा परि रोल्पामा एक जनाको मृत्यु भएको छ। तिज मनाउन श्रीमतीलाई माइत र्पुयाएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको मृत्यु भएको हो। शनिबार श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री र्पुयाएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना हुँदा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

प्रहरीका अनुसार हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो। दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए वा नभएकोबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस