कञ्चनपुरमा नहर छेउमा पुरुष मृत फेला
२०८३ जेठ ९, ११:५६
काठमाडौं: कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित नहर छेउमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली घर भएका ४५ वर्षीय कमल बिष्ट शुक्रबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस