सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशीक अस्पताल नाममै सिमित

२०७६ भदौ १३, ०६:३६ नवराज पनेरु

प्रदेशका दुई ठूला सेती अञ्चल अस्पताललाई प्रादेशीक र महाकाली अञ्चल अस्पताललाई महाकाली अस्पतालको नामाकरण गरिएपनि संरचना, शैया, जनशक्ती र उपकरण थप्नका लागि भने प्रक्रिया  अगाडी बढेको छैन्। प्रदेशको सामाजिक विकास मन्त्रलायले सेतीलाई प्रादेशीक र महाकाली अञ्चल अस्पताललाई अञ्चल हटाएर महाकाली अस्पताल बनाउने निर्णय ९ महिना अघि गरेको थियो। उक्त निर्णयलाई दुई साता अगाडी साउन २९ गते सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले समेत स्वीकृत गरिसकेको छ तर संरचना, शैया, जनशक्ती र उपकरण थप्नका लागि भने प्रक्रिया  अगाडी नबढेको हो। 

सोही बैठकले दुवै अस्पतालका लागि अस्पताल विकास समितिको अध्यक्षको समेत नियुक्ती गरिसकेको थियो। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई तीन सय र पाँच सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि प्रदेश सरकारले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गरेको हो।

सेती प्रादेशीक अस्पताल र महाकाली अस्पताल भन्दै अस्पतालरुमा नामाकरण पनि भईसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जानकारी दिए। ‘प्रादेशीक अस्पताल नामाकरण भईसकेको छ,’ उनले भने, ‘यद्यपी शैया, जनशक्ति लगायतका विषयमा भने टुङगो लाग्न बाँकी छ।’

‘अस्तालको स्तरोन्नतीका लागि अहिले सम्म आवश्यकता पहिचानका लागि सर्वे समेत हुन बाँकी रहेको छ,’ सेती प्रादेशीक अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले भने, ‘स्तरोन्नती हुँन पहिले अनिवार्य रुपमा गर्नै पर्ने ओएनएम सर्वे अर्थात आवश्यकता पहिचानका लागि गर्नु पर्ने सर्वे अहिले सम्म सुरु समेत भएको छैन्।’ 

हुन त सामाजिका विकास मन्त्रालयले मन्त्रीपरिषद्बाट स्वीकृत हुन अगाडी नै ९ महिना पहिले प्रादेशीक अस्पतालको बोर्ड लगाउनका लागि दवाव दिएको थियो तर अस्पतालले लगाएको थिएन्। अहिले अस्पतालको नामारकण प्रादेशीक भएपनि त्यस्को मापदण्डको विषयमा समेत टुङगो लाग्न बाँकी रहेको मेसु पाण्डेयले बताए। उनेले भने–‘कति शैयाको हुने ? सञ्चालनको प्रारुप के हुने ? दरबन्दी, उपकरण र भौतिक संरचनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत टुङगो लागेको छैन्।’

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाईएको थियो। प्रदेश सरकार आईसकेपछि नाम परिवर्तन गरि अञ्चललाई प्रदेश त बनाईएको छ तर सेवा विस्तारमा ध्यान दिईएको छैन्।

सेती अञ्चल अस्पतालमा ५० शैया नेपाल सरकारले स्वीकृती दिएको छ भने थप ७५ शैया अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति एक सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि भएकाले झण्डै दुई सय ५० शैया सञ्चालन गरिएको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस