सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

२०८३ वैशाख २९, १२:२९ रासस

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ।
     
एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताए। एमाले सचिव अर्याल समानुपातिकबाट सांसद छन्।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो।

कमेन्ट लोड गर्नुस