सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका पत्रकार सिंह सम्मानित

२०७६ भदौ १०, ०५:४३ खबर संवाददाता

बझाङका पत्रकार बसन्तप्रताप सिंह फेडवासन वास पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले हरेक वर्ष प्रदान गर्दै आएको फेडवासन वास पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका पत्रकार सिंहलाई सम्मान गरिएको हो। 

फेडवासनले आफ्नो १७ औँ स्थापना दिवसको अवसर पारेर खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा कलम चलाउँदै आएका सिंह सहित देशभरका पत्रकार मध्ये ४ जनालाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो। यसरी सम्मानित हुनेमा लोकान्तर डटकमका गगन अर्याल,जनता टेलिभिजनका पत्रकार रामकुमार एलन,सामुदायिक सूचना नेटवर्कका राजन रुचाल छन्।

कमेन्ट लोड गर्नुस