कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
२०८३ वैशाख १५, ०७:०६
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–५ गडबिजलाबाट कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका–५ बस्ने सन्तोस बि.क खैरो हेरोइनसहित २ पक्राउ परेका हुन्। ४ ग्राम ७६ मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दुवै जनालाई सोमबार इलाका प्रहरी कार्यालय झलारी र गुलरिया कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस