सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईजात्रामा सहभागी हुन हाँस्य कलाकार मनोज गजुरेल सहितको टोली धनगढीमा

२०७६ भदौ ९, ०८:२९ खबर संवाददाता

चर्चित हाँस्य कलाकार मनोज गजुरेल धनगढी पुगेका छन्। उनी भोली हुने गाईजात्रामा सहभागी हुन धनगढी पुगेका हुन्। चर्चित कलाकार गजुरेल सहितका हाँस्य कलाकारले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजना भइरहेको गाईजात्राको अवसरमा विशेष हाँस्य हाँस्यव्यङ्ग्य कार्यक्रम गर्ने छन्। उनीहरुले मंगलबार धनगढीको ओम प्यालेसमा हाँस्यव्यङ्ग्य कार्यक्रम गर्ने भएका हुन्। 
गजुरेलको नेतृत्वमा रहेको ११ जना कलाकारहरुले धनगढीमा प्रस्तुती देखाउनु छन्। उक्त समूहमा हाँस्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुरेन्द्री केसी (मुला साग), सन्ध्या बुढा (काउली बुढी), शैलेन्द्र सिंखडा, रवी डंगोल,  सुवोध गौतम, पूर्ण थापा, यमन श्रेष्ठ,  सुमन कार्की र रुविना अधिकारी लगाएको रहेका आयोजक धनगढी जेसिजले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ। भदौँ १ गते देखि काठमाडौँ सहित धनगढी, हेटौडा, बुटवल र पोखरामा गाईजात्राको अवसरमा हाँस्य व्यङग्य कार्यक्रम आयोजना गरिएको थियो तर सुर्खेतमा कार्यक्तम आयोजनाको तयारी भएपनि सम्भव नभएको कलाकार गजुरेलले बताए।
 

कमेन्ट लोड गर्नुस