सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमार्फत सीडीओलाई गाली गर्ने एक जना पक्राउ

२०७६ भदौ ८, ०१:१० खबर संवाददाता

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक जना पक्राउ परेका छन्। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बरं ७ खजानी का २५ वर्षीय सन्नीकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस