सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश जारी

२०८२ चैत्र २३, ०७:५४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार खारेज गरिएको छ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै परमादेश जारी गरेको छ। यसमा तेस्रो पटक थपिएको हिरासतको म्याद अब फेरि नथप्न भनिएको छ।

आदेशमा उल्लेख छ, ‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागु हुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति दिने काठमाडौं जिल्ला अदालतको आदेश अनुसार अनुसन्धान कार्य सम्पन्न भइ मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार काम अघि बढाइनेछ। यदि सो समयभित्र कार्य सम्पन्न हुन सकेन भने, तेस्रो पटक थपिएको म्याद सकिएपछि यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गरिनु पर्नेछ र थप अनुसन्धान कार्य सम्पन्न गरी जे गर्नुपर्ने हो सो गर्नु पर्नेछ।’

कमेन्ट लोड गर्नुस