सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा बैठक सुरु

२०८२ चैत्र २३, ०१:५७ रासस

काठमाडौँः प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो।
 
बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

कमेन्ट लोड गर्नुस