सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

२०८२ चैत्र २२, १०:१६ खबर संवाददाता

कञ्चनपुर: बेलडाँडी गाउँपालिका–३ बनकुरुवा क्षेत्रबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बेलुकी इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–१ रतनपुर बस्ने २२ वर्षीय प्रकाश डगौरा र भिमदत्त नगरपालिका–१८ कटान बस्ने २१ वर्षीय निशाज डगौरा रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन जस्तो देखिने २ ग्राम ९ मिलिग्राम धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सु.प.प्र. ०२-००३ प ८७०३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस