सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाले पाकिस्तानमा टी–२० र एकदिवसीय शृङ्खला खेल्ने

२०७६ भदौ ७, ११:१० खबर संवाददाता

श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने भएको छ। २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन। अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन्। सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी(२० खेल्ने तय भएको छ। जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ।

श्रीलंकाका खेलमन्त्री हारिन फर्नान्डोले भने ‘सीमित ओभरको क्रिकेटका लागि टिम पाकिस्तान पठाउन तयार भए पनि टेस्ट सिरिजका लागि टिम पठाउने अवस्था छैन।’ श्रीलंका र पाकिस्तानबीचको टेस्ट सिरिज भने यूएईमा हुने सम्भावना बढी छ। पाकिस्तानमा आतंकवादी हमला भएपछि पाकिस्तानी टिमले यूएईमा अन्तर्रा्ष्ट्रिय तथा घरेलु सिरिज आयोजना गर्दै आएको छ।

सेप्टेम्बर–अक्टुबरमा  खेलिने तीन टी–२० र तीन एक दिवसीय क्रिकेटमध्ये  टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ।
 

कमेन्ट लोड गर्नुस