सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चित्तल मृत फेला

२०७६ भदौ ६, ०५:२० खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा पर्ने शिवशंकर सामुदायिक वनमा चित्तल मृत फेला परेको छ। सामुदायिक वनका पदाधिकारीले मृत चित्तल सहित एउटा मोटरसाईकल फेला पारेका छन्। सामुदायिक वनको भगवानपुर क्षेत्रमा राती २ बजेको समयमा ठुलो आवाज आएको थियो। सामुदायिक वनका पदाधिकारीहरुले ठुलो आवाज आएपछि वनमा मृत चित्तल र मोटरसाईकल फेला पारेका हुन्। 
तीन फिट लम्बाई र दुई फिट उचाइ भएको चित्तल एक वर्ष उमेरको हुन सक्ने सव–डिभिजन वन कार्यालय बढैपुरका सहायक वन अधिकृत सचितानन्द सिँहले बताए। चित्तल शिकारीले मारेको हुन सक्ने र मोटरसाईकल समेत उनकै हुन सक्ने अनुमान गरिएको छ। 

कमेन्ट लोड गर्नुस