सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त

२०८२ चैत्र ११, ०३:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले चन्दलाई अध्यक्ष नियुक्त गरेको हो । बझाङको जयपृथ्वी नगरपालिका–१० की उनि एमालेबाट उपप्रमुख उम्मेदवार भइ पराजित भएकी थिइन्।

मङ्गलबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले समितिको पदाधिकारी नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जानकारी दिए। समितिका सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराका मीनबहादुर शाही नियुक्त भएका छन्। 

प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले बताए।  

कमेन्ट लोड गर्नुस