सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलामा चौध हजार छ सयले बढ्यो

२०८२ चैत्र ११, ११:१८ रासस

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ ले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको छ। 

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको थियो।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो। 
    
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस