सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

२०८२ चैत्र ८, ०५:४५ खबर संवाददाता

धनगढी: नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले धनगढीस्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।

मानवीय सेवामा समर्पित आश्रममा आश्रित असहाय, बेसहारा तथा सडक मानवहरूको दैनिक जीवन सहज बनाउन उपाध्यायले चामल, दाल, तेललगायतका आवश्यक सामग्री उपलब्ध गराएका हुन्।

सहयोग हस्तान्तरणका क्रममा उनले समाजका सक्षम व्यक्तिहरूले यस्ता संस्थाहरूलाई सहयोग गर्नु अत्यन्त आवश्यक रहेको बताए। 

आश्रमका प्रतिनिधिहरूले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले आश्रम सञ्चालनमा ठूलो सहयोग पुग्ने बताएका छन्। उनीहरूका अनुसार आश्रममा आश्रितहरूको संख्या बढ्दो अवस्थामा रहेकाले नियमित सहयोगको आवश्यकता अझ बढ्दै गएको छ।

धनगढीस्थित मानव सेवा आश्रमले सडकमा रहेका मानवहरूको उद्धार, उपचार तथा पुनःस्थापनामा सक्रिय रूपमा काम गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस