सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

२०७६ भदौ ५, ०६:४१ खबर संवाददाता

कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्लाको गौरिगंगा नगरपालीका वडा नम्बर ३ बस्ने राज कुमार चौधरी, गोदावरी नगरपालीका १ बस्ने बिबेक चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालीका वडा नम्वर ९ घर भई कैलाली गोदावरी नगरपालिका वडा नम्वर १ बस्दै आएका  बाबुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

भदौ ३ गते राती पौने १० बजेको समयमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालीका वडा नम्बर ६ खैराना पुल स्थित पुर्व पश्चिम राजमार्गमा से ४ प  १९७ नम्वरको मोटरसाईकलको हेडलाईटको भाईजरमाथि टर्च लाईट बाधी राजकुमार चौधरी गईरहेको र संकास्पद लागेपछि सोधपुछ गर्दा उक्त मोटरसाईकल चोरी गरि ल्याएको चौधरीले स्वीकार गरेका थिए। 

चोरीमा थप २ जना संग्लन रहेको खुलेपछि थप २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। मोटरसाईकल धनी कैलाली गोदावरी नगरपालिका वडा नम्वर २ बस्ने हरिदत भट्टलाई जानकारी गराउदा सो मोटरसाईकल साउन ३१ गते राती घोडाघोडी नगरपालिका वडा नम्वर १० गगन होटलबाट चोरी भएको समेत खुलेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 

तीन जना विरुद्ध सवारी चोरीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस