सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१५ च्याम्पियनसिप खेलमा नेपाल भारतसँग ५–० ले पराजित

२०७६ भदौ ४, ०५:११ खबर संवाददाता

भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५(० ले पराजित भएको छ। भारतको कल्याणीमा भएको खेलमा सुरुवातदेखि नै नेपालमाथि हावी भएको भारतले छैटौं मिनेटमा पहिलो गोल र्गयो। उसका लागि महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए। खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल बेर्होयो, उसका लागि मजुम्दारले गोल गर्न सफल भए।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो। ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए। त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल र्गयो। उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा र्पुयाए। 

खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो। नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन। 
 

कमेन्ट लोड गर्नुस