सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम आउने भारतीय पर्यटकलाई गाडीको भन्सार बुझाउनै सास्ती

२०७६ भदौ ४, ०४:४० नवराज पनेरु

सुदूरपश्चिममा रहेका त्रिनगर र गड्डाचौकी भन्सारमा बैंकिङ प्रणाली लागु भएपछि भारतीय पर्यटकहरु समस्यामा परेका छन्। भन्सार कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्येश्यका साथ भन्सार विभागले गड्डाचौकी र त्रिनगर नाकामा रहेका यात्रु शाखाहरुमा पनि बैंकिङ प्रणाली लागु गरेपछि भारतीय पर्यटकहरु भने समस्यामा परेका हुन्। दुई जिल्लामा रहेका भन्सार कार्यालय अन्तरगत यात्रु शाखामा दक्ष कर्मचारी नहुँदा र लामो प्रक्रियाका कारण भन्सार बुझाउन पनि सास्ती बेहोर्न परेको गुनासो भारतीय पर्यटकहरुको  छ। 

धनगढी आएका एक जना भारतीय व्यवसायी सन्जय गुप्ताका अनुसार एउटा गाडीको भन्सार बुझाउनका लागि भन्सार गेटमा रहेको यात्रु शाखामा सुरुमा कम्प्युटरमा फर्म भर्नुपर्ने हुन्छ भने त्यसपछि भन्सार कार्यालय भित्र रहेको बैंकको काउण्टरमा रकम बुझाउनुपर्ने हुन्छ। ‘रकम बुझाईसकेको भौचर फेरी यात्रु शाखामा बुझाउनुपर्ने झन्झटीलो प्रक्रिया छ,’ उनले भने, ‘गाडीको एक दिनको शुल्क बुझाउनका लागि मात्रै घण्टौ समय लाग्दा समस्या भएको छ।’ 

सोमवार मात्रै भन्सार कार्यालयमा पुग्दा भन्सार गेटमा भारतीय नम्वर प्लेटका आधा दर्जन बढि गाडी थिए। गाडीको भन्सार शुल्क तिर्नका लागि उनीहरु अन्यौलमा परिहेका थिए। भदौ १ गतेदेखि मात्रै यात्रु शाखामा बैंकीङ प्रणाली लागु भएकाले धेरैलाई त्यस्को बारेमा जानकारी नहुँदा पनि समस्या धनगढीका एक जना व्यवसायी विश्वप्रकास कँडेलले बताए। 

‘बैकीङ कारोवार लागु गरेपनि दक्ष कर्मचारी राखेर पर्यटकहरुले सहजै गाडी ल्याउन सक्ने बातावरण बनाउनुपर्ने देखिएको छ,’ उनले भने, ‘होईन भने यस क्षेत्रको पर्यटन र व्यापार व्यवसायमा समस्या उत्पन्न हुने छ।’ फर्म भर्नकै लागि यात्रु शाखामा राखिएका कर्मचारी सिकारु छन्।

उनीहरुले एकै जनाको फर्म भर्न पनि धेरै समय लगाउने गरेका छन् जस्ले गर्दा फर्म भर्न पनि लाईन लाग्नुपर्ने अवस्था छ। त्रिनगर नाकामा वाणिज्य बैंक र गड्डाचौकीमा एनआईसी एसिया बैंकको काउन्टर त खोलिएको छ तर ति काउण्टर यात्रु शाखामा नभई भन्सार कार्यालयको भित्र राखिदा झनै अन्योलता थपिएको छ। 

विगतमा भन्सार गेटमा रहेका यात्रु शाखाले सिधै नगदी रसिद दिएर भन्सार शुल्क लिने गरेका थिए। अहिले यात्रु शाखामा गएर अनलाईन फम भर्नुपर्ने फेरी बैंकको काउण्टरमा गएर शुल्क बुझाउनुपर्ने अनि शुल्क बुझाएको भौचर ल्याएर फेरी यात्रु शाखालाई दिनुपर्ने झन्झटका कारण भारतीय पर्यटकहरु गाडी ल्याएरै धनगढी महेन्द्रनगर आउने क्रम झनै घट्ने चिन्ता बढेको छ। 

त्रिनगर नाकाको गेट यात्रु शाखा अव मोहनापुल पारी सार्ने तयारी भईरहेको छ। यदी यात्रु शाखा मोहनापुल सारिए यात्रु शाखामा भरेको फर्म ल्याउँदै उनहिरुले भन्सार कार्यालय कैलाली आउनुपर्ने छ भने फेरी रकम बुझाएर भौचर बुझाउन यात्रु शाखा जानुपर्ने छ।

जस्ले गर्दा भारतीय पर्यटकलाई गाडीको भन्सार रकम बुझाउन मात्रै घण्टौ लाग्ने देखिएको छ। त्यसैमा दक्ष कर्मचारी नभए झनै समस्या हुने देखिएको छ। यता  भन्सार कार्यालय कैलालीका सुचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने नयाँ प्रणाली भएकाले केही अन्यौलता देखिएको बताए। उनले केही समयमा यो समस्या आँफै हटेर जाने बताए। 

भन्सार कार्यालय कैलालीले मोटरसाईलक र स्कुटर १ सय ५०, तीन पाङग्रे सवारी साधन र ट्याक्टर चार सय, कार जीप, भ्यान, बस मिनीबस, टुरिष्ट गाडी, पाँच सय, ट्रेलर सहितको ट्याक्टर सात सय र ट्रकको एक हजार सात सय प्रति दिन भन्सार शुल्क लिदै आएका छन्।

धनगढी र महेन्द्रनगरका बजारमा मात्रै भने विहान गएर साँझ फर्किने गरि निशुल्क गाडी लैजान दिएको दावी गरिएको छ तर धेरैले त्यस्मा पनि असुली भईरहेको आरोप लगाएका छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस