सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८३ मंसिर ६, ०७:१६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–६ लालपुरबाट बिशेष सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी पक्राउ परेका हुन्।

दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस