सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १० वर्षीय बालक वेपत्ता

२०७६ भदौ ४, ०२:४४ खबर संवाददाता

धनगढीबाट एक  १० वर्षीय बालक वेपत्ता भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकका बलबहादुर बुढाका १० वर्षीय छोरा केशव वेपत्ता भएको परिवारले जनाएको छ। केशवका बाजे धनबहादुरले मंगलबार दिउँसो उनी घरबाट वेपत्ता भएको बताए। दिउँसो १ बजे सम्म घरमै रहेका बुढा एकाएक हराएको उनले बताए। परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन्। गहुँ गोरो वर्णको, सेतोमा रातो धर्का भएको नेपाली सेना(आर्मी) को जस्तै कपडाको पाईन्ट र निलो झोला बोकेको हुँदा देख्नुहुनेलाई नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ। बुढाको पुख्र्यौली घर अछाम हो। अछामको ढकारी नगरपालिका वडा नम्बर ३ हिच्माबाट केहि वर्ष पहिले मात्र उनको परिवार धनगढी बसाई सरी आएका थिए। यता जिल्ला प्रहरी कार्यालय कैलालीले बालकको खोजि कार्य जारी राखिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस