सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निर्वाचनका लागि मतपत्र आइपुगे

२०८२ फाल्गुन ७, ०२:४७ खबर संवाददाता

बैतडीः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री बैतडी आइपुगेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्लामा ल्याइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ १ लाख ६८ हजार र समानुपातिकतर्फ १ लाख ७१ हजार मतपत्र प्राप्त भएका छन्।

मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ।

बैतडीमा कुल १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
 

कमेन्ट लोड गर्नुस