सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्ण मल्लले भने–काँग्रेस भएर सुर्यमा भोट हाल्नेलाई मैले कारवाहीको माग गरेको छु

२०७६ भदौ २, ०७:०१ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णवहादुर मल्लले काँग्रेस भएर हसिया हतौडा र सुर्यमा भोट हाल्नेलाई उल्टै आफुले कारवाहीको माग गरेको बताएका छन्। डडेल्धुराका ४० जना नेताले जिल्ला सभापति मल्ललाई पार्टीमा साधारण सदस्य समेत नरहने गरि कारवहीको माग गरेपछि मल्लले दिनेश एफएमको नियमित कार्यक्रम नागरिक सवालमा यस्तो बताएका हुन्।

‘पार्टीको अनुशासन भित्र नबस्ने, कम्युनिष्ट विरुद्धका कार्यक्रममा सहभागी नहुँने र काँग्रेस भन्दै हसिया हतौडा र सुर्यमा भोट हाल्नेलाई स्पष्टिकरण सोधेर उल्टै मैले कारवाहीका लागि सिफारिस गरेको छु,’ मल्लले भने, ‘उनीहरुलाई कारवाही हुन्छ वा हुँदैन हेर्न बाँकी छ।’

उनले २०५४ सालाको स्थानीय निर्वाचनमा कम्युनिष्टलाई बुझाएको चाँवी २०७४ मा आफ्नै नेतृत्वमा फिर्ता ल्याएको समेत दावी गरे। ‘२०६७ र २०७२ सालको पार्टीको अधिवेशनमा म निर्वाचित पार्टी सभापति हुँ,’उनले भने, ‘२०७४ मा निर्वाचित प्रदेश सभा सदस्य हुँ, ४० जना मात्रै होईन चार सय जना असन्तुष्ट होलान तर मलाई काँग्रेसबाट अलग बनाउन सक्दैनन्।’

उनले पार्टी भित्रका असन्तुष्टिहरु पोख्ने ठाउँ धेरे भएको बताउँदै अहिले कम्युनिष्ट सरकारका गलत गतिविधिको विरोध गर्ने समय रहेको बताएए। ‘अहिले कम्युनिष्ट सरकारका कारण मुलुकको लोकतन्त्र खतमा छ,’ उनले भने, ‘भ्रष्टाचारले प्रसय लिएको छ, सवै काँग्रेसका साथीहरुले त्यस्का विरुद्धमा आवाज उठाउने बेला आएको छ।’ 

उनले पार्टी भित्रका गलत गतिविधिका विरुद्ध आवाज उठाउनपर्छ भन्ने कुरा केन्द्रिय सभापति शेरवहादुर देउवाबाटै सिकेको समेत बताए। 

कमेन्ट लोड गर्नुस