सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवार धनगढीमा
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीबाट आफ्नो चुनावी कार्यक्रम सुरु गरेको छ। पार्टीले परिवर्तन उद्घोष सभाको नाममा कार्यक्रम आयोजना गरेको हो।
धनगढीबाट सुरू भएको रास्वपाको चुनावी सभा क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना हुने पार्टीले जानकारी गराएको छ।
बुधवार धनगढीमा आयजित कार्यक्रमलाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन्। कार्यक्रममा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार सहभागी हुने रास्वपा सुदूरपश्चिमका महामन्त्री सन्तोष जोशीले बताएका छन्।
अधिकांश उम्मेदवार धनगढी-१ सन्तोषीटोलका हुने कार्यक्रममा पुगिसकेका छन्। सुदूरपश्चिमका प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवार कार्यक्रमा सहभागी हुने प्रदेश महामन्त्री जोशीले बताए।
यस्तै कार्यक्रममा रास्वपा नेतृ रिमा विश्वकर्मा, ज्वाला संग्रौला लगायतको समेत उपस्थिति रहेको छ।