धनगढीमा आज रास्वपाको आमसभा, रवि र बालेनले सम्बोधन गर्ने
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । परिवर्तन उद्घोष सभाको नामले रास्वपाले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने मंगलबार नै सुदूरपश्चिम आइसकेका छन्। परिवर्तन उद्घोष सभा कार्यक्रमअघि उनी आज कञ्चनपुर– २ र ३ क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन्।
यस्तै, धनगढीको कार्यक्रमलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि सम्बोधन गर्ने छन्। रास्वपा सुदूरपश्चिमका नेता धर्मराज जोशीका अनुसार शाह केही समयमा धनगढी पुग्दै छन्। कार्यक्रममा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवारको पनि सहभागीता रहने छ।