सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा कमल रजवारको दाबेदारी, ‘हलो’ चिन्हमा मत माग्दै संसद यात्राको लक्ष्य

२०८२ फाल्गुन ४, १०:२७ खबर संवाददाता

धनगढीः ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति कमल बम रजवार प्रतिनिधि सभा सदस्य बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन्।

विद्यार्थी राजनीतिबाट उदाएका रजवारले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाउने उद्देश्यका साथ उम्मेदवारी दिएका हुन्। 'भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो' भन्ने नारासहित उनले चुनावी अभियान तीव्र बनाएका छन्।

देश बचाउन र बनाउन ‘हलो’ चिन्हमा मतदान गर्न आग्रह गर्दै रजवारले युवाको सक्रिय सहभागिता, सुशासन, पारदर्शिता र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

स्थानीय तहमा विद्यार्थी नेतृत्व सम्हालेर अनुभव बटुलेका रजवारलाई विशेषगरी युवापुस्ताको साथ र समर्थन रहेको बताइन्छ। स्ववियु सभापतिदेखि संसदसम्मको यात्रामा रहेका उनी निर्वाचन परिणाममार्फत आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन्।

फागुन २१ गतेको मतपरिणामले उनको संसद यात्रा सफल हुन्छ वा हुँदैन भन्ने स्पष्ट पार्नेछ। तर हालसम्मको चुनावी माहोलले उनलाई कैलाली–४ मा एक बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ।

कमेन्ट लोड गर्नुस