सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलि गरिएका करिब दुई लाखका सामान बरामद

२०८२ फाल्गुन ४, ०८:१० खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१० सिमलघाट क्षेत्रबाट भन्सार छलि गरी भारतबाट अवैध रूपमा भित्र्याइएका करिब दुई लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट जुगेडा बाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका स्टेपलाइजर र एक थान मोटरसाइकलसहित अन्दाजी मूल्य २ लाख बराबरका सामान फेला पारेको जनाएको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस