सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदाता शिक्षाका लागि कैलालीमा १२६ जना स्वयम् सेवक खटिदैं

२०८२ फाल्गुन १, ०३:५७ खबर संवाददाता

धनगढीः  कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन्। निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो। यहाँ १२६ वटा वडा कार्यालयहरु रहेका छन्। प्रत्येक वडामा एक/एक जना मतदाता शिक्षा स्वयम् सेवक खट्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले जानकारी दिए।

मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ। छनोट भएका स्वमय् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ। उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुकासाथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने सूचना अधिकारी चौधरीले बताए।

मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ। फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस