सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ल्यापटप चोरेर भाग्दै गरेका दुई जना पक्राउ

२०७६ भदौ १, १२:३८ खबर संवाददाता

धनगढीमा ल्यापटप चोरेर भाग्दै गरेका दुई जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ चटकपुर स्थित धनसिंह धामीको न्यू गणेश होटलबाट ल्यापटप चोरी गरी भाग्दै गरेको अवस्थामा वडा नम्वर १ का २१ को सुरज चौधरी र २५ बर्षीय अमर परियारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्वर २ साईली कटानबाट ल्यापटप सहित पक्रउा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। दुवै जनालाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद  थप गर्दै अनुसन्धान भईरहेको उनले बताए। उनीहरु यसअघि भएका अन्य चोरीका घटनामा समेत संग्लन रहेको आशंका गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस