सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा प्रहरी हवलदार मृत फेला

२०८२ माघ २७, १२:४६ खबर संवाददाता

खलङ्गा (दार्चुला): दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय अन्तर्गत महाकाली नगरपालिका–४, बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत करिब ३८/४० वर्षीय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेका हुन्, महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए।

प्रहरी हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडि पट्टी मृत फेला परेका थिए। घटना सोमबार राति भएको हुन सक्ने र हवलदारको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।


मृतक हवलदार दार्चुलाको महाकाली नगरपालिका–४, बिचबजारका स्थानीय थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाएको छ।

यस विषयमा थप जानकारी लिन दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतलाई सम्पर्क गर्दा उनको फोन रिसिभ हुन सकेको छैन।
 

कमेन्ट लोड गर्नुस