कञ्चनपुरमा भन्सार छलि ल्याइएका अवैध सामान बरामद
कञ्चनपुर: भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामग्री कञ्चनपुरमा प्रहरीले बरामद गरेको छ।
जिल्लाको भिमदत्त नगरपालिका–११, भुजेला क्षेत्रबाट अन्दाजी मूल्य रु। २ लाख २ हजार ४० बराबरका हार्डवेयर, किराना लगायतका सामान आइतबार दिउँसो बेवारिसे अवस्थामा फेला पारिएको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।