सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लाईसेन्सका लागि सधै सास्ती

यातायात व्यवस्था कार्यालय कैलालीले सञ्चालन गरेको लाईसेन्सको लिखित परिक्षा दिन धनगढीको त्रिभुवन मावी बाहिर पर्खाईमा बसेका परिक्षार्थी
यातायात व्यवस्था कार्यालय कैलालीले सञ्चालन गरेको लाईसेन्सको लिखित परिक्षा दिन धनगढीको त्रिभुवन मावी बाहिर पर्खाईमा बसेका परिक्षार्थी
२०७६ साउन ३२, ०६:३४ नवराज पनेरु

सुदूरपश्चिममा सवारी चालक अनुमती पत्र (लाईसेन्स) का लागि आवेदन दिन तथा लिखित र प्रयोगात्मक परिक्षा दिनका लागि सधै सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। प्रदेशका दुई जिल्लामा मात्रै सो सेवा भएपछि सेवाग्राहीले सवारी चालक अनुमती पत्र लाइसेन्सको परिक्षा दिन सधै सास्ती बेहोर्न परिहेको हो।

यातायात व्यवस्था कार्यालय कैलाली र कञ्चनपुरले सधै कर्मचारीको अभाव देखाउँदै पन्छिने गरेपछि सेवाग्राहीले सवारी चालक अनुमती पत्रका लागि सास्ती बेहार्न परिरहेको हो। लाईसेन्सका लागि निकै सास्ती बेहार्न परेपछि ट्राफिक चेकपोष्ट छक्याउँदै मोटरसाईकल चलाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्।

शनिवार मात्रै कैलाली र कञ्चनपुरमा सवारी चालक अनुमती पत्रका लागि लिखित परिक्षा सञ्चालन भएको छ। ‘कैलालीमा धनगढी स्थित त्रिभुवन माविमा सञ्चालन भएको परिक्षा दिनका लागि निकै सास्ती बेहोर्न परेको थियो,’ कञ्चनपुर पुनरवासका विरवहादुर सिंहले भने, ‘विहान ६ बजेदेखि नै लिखित परिक्षाका लागि परिक्षार्थीहरु लाईनमा लागेका थिए।’ लाईसेन्सकै लागि परिक्षा दिन गएका परिक्षार्थी जनक सिंहले पनि निकै सास्ती भएकोले परिक्षा व्यवस्थीत बनाउनुपर्ने सुझाव दिए। 

यता यातायात व्यवस्था कार्यालय कैलालीले भने लाईसेन्सका लागि धेरैले आवेदन दिएको तर कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा व्यवस्थीत गर्न नसकेको बताएको छ। ‘लाईसेन्स लिनेको सङख्या ह्वात्तै बढेपनि कर्मचारीको सङख्या भने बर्षाै सम्म बढ्न सकेको छैन्,’ कार्यालयका निमित्त प्रमुख गम्भिरसिंह विष्टले भने, ‘कार्यालयमा तीन जना प्राविधिकको दरबन्दी भएपनि एक जना पनि नहुँदा करारमा एक जना मेकानीयल ईन्जिनियर राखेर लाईसेन्सको परिक्षा सञ्चालन गरिरहेका छौ।’ सुदूरपश्चिममा लाईसेन्स वितरण र सवारी दर्ताका लागि छुट्टाछुट्टै कार्यालयको आवश्यकता भईसकेको उनको भनाई छ। 

यातायात व्यवस्था कार्यालयका अनुसार कैलालीमा शनिवार चार हजार पाँच सयले लिखित परिक्षा दिएका छन् भने कञ्चनपुरमा आँठ सय बढिले परिक्षा दिएका छन्। सुदूरपश्चिमका नौँ जिल्लामा कैलाली र कञ्चनपुरमा मात्रै लाईसेन्स वितरणको सेवा हुँदा सेवाग्राहीलाई थप समस्या भएको हो। यातायात व्यवस्था सेवा कार्यालय डोटी र डडेल्धुरा जिल्लामा भएपनि दुवै सेवा कार्यालयले सवारी चालक अनुमती पत्र लाईसेन्स वितरणको सेवा भने सुरु गरेका छैनन्।

यातायात व्यवस्था सेवा कार्यालय डोटीका अनुसार जिल्लाको दीपायल सिलगढी नगरपालिका–४ राजपुरमा ट्राईल सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कार्यालय प्रमुख चेतराज भट्टले दशैँपछि डोटीबाट समेत सेवा प्रवाह हुने बताए। 

‘डडेल्धुरामा ट्राईल सेन्टर निर्माणका लागि पहल भएपनि जग्गाको व्यवस्थापन नहुँदा समस्या भएको छ,’ यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रमुख दिलिप तामाङले भने, ‘जग्गाका लागि नगरपालिकासंग समन्वय भईरहेको छ।’
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस