सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार पुडासैनीे आत्महत्या प्रकरण :भीड नियन्त्रण गर्न प्रहरीले गर्यो लाठीचार्ज

२०७६ साउन ३२, ०२:०२ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रबि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ। जिल्ला प्रहरी कार्याल  बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो। 

यस्तै जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन्। भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए। रबिले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिए। 

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति र्पुयाएका छन्।  शुक्रबार साँझ पनि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। लामिछानेसहित युवराज कँडेल र रकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो।
 

कमेन्ट लोड गर्नुस