सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ४ लाख ९८ हजारको भन्सार छलीका सामान बरामद

२०८२ माघ २२, ०७:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ४ लाख ९८ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–३ र भीमदत्त नगरपालिका–४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ९८ हजार ५ सय बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका चिनी, बिडी, सुर्ती, खानेतेल, गुडिया, प्लाष्टिक झिल्ली, किराना लगायतका सामान वुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस