सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मोबाईल पत्रकारिता सम्बन्धी प्रशिक्षण सुरु

२०८२ माघ १५, ०४:५९ खबर संवाददाता

बैतडी: बैतडीमा पत्रकारहरूका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालन गरिएको हो ।

प्रशिक्षण कार्यक्रम पत्रकारितालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत बहादुर शाहले बताए ।

प्रशिक्षण कार्यक्रममा डडेल्धुरा, बझाङ, दार्चुला र बैतडी जिल्लाका ३५ जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी समाचार संकलन, फोटो तथा भिडियो सम्पादन, मोबाइलमार्फत समाचार उत्पादन, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशनलगायतका विषयमा व्यवहारिक जानकारी दिइने प्रशिक्षक विकास कार्कीले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस