सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पूर्व–पश्चिम राजमार्गमै दुई नगरपालिकाबिच सीमा विवाद

२०७६ साउन ३१, ११:५० कमल सावद

कैलालीमा पूर्व पश्चिम राजमार्गमा पर्ने दुईवटा स्थानीय तह बिच सीमा विवाद भएको छ। राजमार्गमा पर्ने गौरीगंगा र घोडाघोडी नगरपालिका बिचको सीमा विवाद सतहमा देखिएको हो। गौरीगंगा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको आमखोया नाला सम्म आफ्नो सीमा भएको भन्दै बोर्ड नै लगाएपछि विवाद उत्पन्न भएको हो।

घोडाघोडी नगरपालिकाले आमखोया खोलाको लगभग पाँच सय मिटर पश्चिम गौरीगंगाको शंकरपुरतर्फ आफ्नो बोर्ड लगाएपछि विवाद चुलिएको हो। घोडाघोडी नगरपालिकाले युवा परिचालन गरी बोर्ड गाडेको गौरीगंगाका जनप्रतिनिधिले आरोप लगाएका छन्।गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले घोडाघोडीले प्रहरी प्रशासनको सिमानालाई आधार मानेर स्वागत बोर्ड लगाएको बताए।

उत्पन्न विवादलाई नगर प्रमुखको स्तरको छलफलबाट साम्य पार्नुपर्ने उनको भनाई छ। तर घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले गौरीगंगा नगरपालिकाले आफ्नो सिमाना  भित्र स्वागत बोर्ड गाडेको आरोप लगाए।उनले आमखोया पूर्व–पश्चिम राजमार्गको कल्भर्ट भएको क्षेत्र घोडाघोडी नगरपालिकाको भएको दावी गरेका छन्।

आमखोया जंगलको मन्दिर रहेको ठाँउ सम्म नगरपालिकाको सीमा हो उनले भने, बोर्ड अझै पूर्व तीर गाडिएको छ तर पश्चिम हुनुपर्ने थियो।  

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस