सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेलौली नगरपालिकामा तीन दिन विद्यालय बिदा

२०८२ माघ १३, ०१:४७ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकाले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छैटौँ संस्करण सञ्चालन हुने भएकाले नगरपालिकाभित्रका सामुदायिक शैक्षिक संस्थाहरूमा तीन दिन सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै मंगलबारदेखि बिहीबारसम्म सबै सामुदायिक विद्यालयमा बिदा रहने जनाएको हो। प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न बिदा दिइएको नगरप्रमुख भीमबहादुर चन्दले जानकारी दिए।

सूचनामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सक्रिय रूपमा सहभागी हुन सबै विद्यालय तथा विद्यार्थीहरूलाई आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस