सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस कैलालीको चुनावी प्रचारप्रसारको कमान्डरमा केशव मिश्र 

२०८२ माघ ११, ०४:५८ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेस कैलालीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। पार्टीको जिल्ला सचिव केशव मिश्रलाई समितिको संयोजकको जिम्मेवारी दिइएको छ।

काँग्रेस कैलालीका अनुसार नवगठित प्रचारप्रसार विभागले डिजिटल मिडिया, सामाजिक सञ्जाल तथा प्रत्यक्ष जनसम्पर्कमार्फत पार्टीका नीति, कार्यक्रम र एजेन्डालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउनेछ।

विभाग गठनसम्बन्धी निर्णय भएको बैठकमा संगठन विस्तार, प्रचार संयन्त्रको प्रभावकारी परिचालन तथा मतदाता भेटघाट कार्यक्रमबारे समेत विस्तृत छलफल भएको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तथा टोलस्तरसम्म प्रचार अभियान सशक्त बनाउने रणनीतिमा पार्टी केन्द्रित रहने संयोजक मिश्रले बताए।

काँग्रेस कैलालीले प्रभावकारी प्रचार माध्यमको प्रयोग गर्दै जनताको विश्वास जित्ने र निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने लक्ष्य लिएको संयोजक मिश्रले बताएका छन्।

कमेन्ट लोड गर्नुस