सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा एमालेको प्रचारप्रसार कमान्डरमा चन्द

२०८२ माघ ११, ०२:४० खबर संवाददाता

धनगढी: नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रचारप्रसारको कमान्डरमा नेता विष्णु चन्द नियुक्त भएका छन्।

कैलाली जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव चन्दलाई कैलाली-५ को चुनावी प्रचारको जिम्मेवारी दिइएको नेकपा एमाले कैलालीले जनाएको छ।

खेलकुद महासंघका सुदूरपश्चिम इन्चार्जसमेत रहेका चन्दले पार्टीका उम्मेदवार यज्ञराज ढुङ्गानालाई जिताउन प्राप्त भएको जिम्मेवारी ईमानदार भएर पूरा गर्ने बताएका छन्। प्रचारप्रसारमा संयोजकमा चन्द सर्वसम्मत भएसँगै छिट्टै समितिलाई पूर्णता दिइने चन्दले बताए।

कमेन्ट लोड गर्नुस