सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजपत्रमा निर्णय प्रकाशन भएपछि सुदूरपश्चिममा रक्षा बन्धनको विदा हुने

२०७६ साउन २९, ०५:२७ खबर संवाददाता

राजपत्रमा निर्णय प्रकाशन भएपछि सुदूरपश्चिममा रक्षा बन्धनको विदा हुने भएको छ। साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय आज साढे चार बजे मात्रै राजपत्रमा प्रकाशन भएपछि अव सार्वजनिक विदा हुने भएको हो।

यसअघि विदाको निर्णय राजपत्रमा प्रकाशन नहुँदा अन्यौलता बढेको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले राजपत्रमा प्रकाशन भईसकेकाले अव विदा हुने बताए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले राजपत्रमा विदाको निर्णय प्रकाशन भईसकेकोले अव प्रदेश, संघीय र स्थानीय तह मातहतका कार्यालय बिहिवार विदा हुने बताए। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विदाको सूचना समेत जारी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस