कञ्चनपुर-२ मा नेकपाले दुई जनालाई दियो टिकट!
धनगढी: कञ्चनपुर-२ मा नेपाली कम्युनिस्ट पार्टीको टिकट पहिला एक नेतालाई दिएर फ़ेरि अर्को नेतालाई दिइएको छ।
पार्टीले माघ ३ गते कञ्चनपुर-२ मा पूर्वप्रदेश मन्त्री लालबहादुर खड्कालाई दिएकोमा सोमबार सोही क्षेत्रमा माधवप्रसाद पन्तलाई पार्टीले टिकट दिएको हो।
सुरूमा लालबहादुर खड्कालाई नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले टिकट हस्तान्तरण गर्दै शुभकामना दिएका थिए भने सोमबार सोही क्षेत्रमा माधवप्रसाद पन्तलाई टिकट दिँदै प्रचण्ड र नेपाल शुभकामना दिएका हुन्।