कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैवाहा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-१ बन्साहा बस्ने २० वर्षीय सन्तोष सिंह बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्। बिष्टलाई ९४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।