सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली रास्वपामा टिकट वितरणप्रति असन्तुष्टि

२०८२ माघ ५, ०३:५५ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीमा पार्टीले वितरण गरेको टिकटप्रति असन्तुष्टि देखिएको छ।

रास्वपाले कैलाली-१ मा कोमल ज्ञावली, २ मा केपि खनाल, ३ मा लक्ष्कण थारू, ४ मा हरि रेग्मी र ५ मा आनन्द चन्दलाई उम्मेदवार बनाएको छ।

रास्वपा क्षेत्रीय समिति र प्रदेश समितिले भने कैलाली-१ मा प्रदेश सभापति प्रकाश बिष्टलाई एकल सिफारिस गरेको थियो। तर पार्टीले कैलालीमा कोमल ज्ञवालीले टिकट दिएको सामाचार आए पनि प्रदेश सभापति विष्टले आफ्नो दाबी कायमै रहेको भनेर सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्। एकल सिफारिस हुँदा समेत विष्टले टिकट नपाएपछि कैलाली-१ का नेता-कार्यकर्ता रुष्ट भएका छन्।

कैलाली-४ बाट रास्वपाले डिल्लीराज जोशी, खेमराज कोइराला, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावलको नाम सिफारिस गरिएकोमा पार्टीले भने कैलाली-५ बाट सिफारिस भएका हरि रेग्मीलाई टिकट दिएको छ। क्षेत्र नम्बर ४ मा सिफारिस गरेको नेताले टिकट नपाएको भन्दै स्थानीय नेता र कार्यकर्ता रुष्ट भएका छन्। रास्वपाका एक नेताले केन्द्रको निर्णयमा धेरैको चित्त नबुझेको बताए।

कैलाली ५ मा पनि पार्टीले आनन्द चन्दलाई टिकट दिएको छ। क्षेत्रीय समितिले भने भीमबहादुर बोहरा, हरि रेग्मी, लक्ष्मण थारू, जसु भट्टलगायतको नाम सिफारिस गरेको थियो। 

कमेन्ट लोड गर्नुस