दार्चुलामा भिरबाट लड्दा एक जनाको मृत्यु, एक घाइते
दार्चुला: दार्चुलाको महाकाली नगरपालिकामा भिरबाट लड्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
हिजो महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते भएका थिए ।
घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा उपचारकै क्रममा राम सिंह डोबालको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अर्का घाइते पदम साहुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाका सम्बन्धमा थप विवरण संकलन भइरहेको छ ।