सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मानवताका लागि अनेकौँ प्रयासको सहयोगमा राहत वितरण

२०७६ साउन २८, ०५:२९ खबर संवाददाता

मानवताका लागि अनेकौँ प्रयास नामक सस्थाले धनगढी उप–महानगरपालिका भित्रका एक सय हावाहुरी पीडितलाई राहत वितरण गरेको छ। जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई उक्त सस्थाले राहत वितरण गरेको हो। धनगढी उप–महानगरपालिकाको राहत वितरण समितिका संयोजक प्रेम विकले प्रति पीडित पाँच हजारका दरले राहत वितरण गरिएको बताए।

धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र मानवताका लागि अनेकौं प्रयास धनगढीका अध्यक्ष भक्तराज जोशीले मंगलबार संयुक्त रुपमा उक्त राहत रकम पीडितलाई वितरण गरेका हुन्। यस्तै सोही सस्थाले चार वटा विद्यालयलाई जस्तापाता समेत सहयोग गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस