सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका कलेजमा एक अध्यापकको जिम्मा दर्जन बढि पिरियड, गुणस्तर सुुधार्न चुनौती

२०७६ साउन २८, ११:५४ नवराज पनेरु

सुदूरपश्चिमका अधिकासं कलेजहरुहरु मापदण्ड विपरित सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रका कलेजहरुले एक जना अध्यापक अर्थात शिक्षकले मापदण्ड अनुसार पढाउन मिल्ने भन्दा बढि पिरियड पढाउन लगाएर मापदण्ड मिचेका हुन्। एक जना अध्यापकले एकै दिन दर्जन बढि पिरियड र फरक–फरक कलेजमा पढाउने परिपाटीका कारण शैक्षिण गुणस्तर सुुधार्न पनि चुनौती बढेको छ।

विद्यार्थीहरुलाई समेत धेरै समय विद्यालय र कलेजमा राख्दा सिकाईमा प्रतिकूल असर पर्ने अध्ययनले पुष्टि गरिसकेका बेला कलेजका अध्यापकले एकै दिन क्षमता भन्दा बढि पिरियड पढाउने परिपाटीका कारण शैक्षिक गुणस्तर सुधार्न चुनौती बढेको कैलाली बहुमुखी क्याम्पसका स्ववीयु सभापति चुडामणी भट्टले बताए। ‘एक जना अध्यापकले एकै दिन धेरै समय सम्म पढाउँदा विद्यार्थीलाई सिकाउने, शैक्षिक उपलब्धि बढाउने ढोका बन्द भईरहेको छ,’ उनले प्रश्न गरे, ‘स्नातक र स्नात्तकोत्तरमा पढाउने अध्यापकले आफु अध्ययन गर्ने समय नै नपाएपछि विद्यार्थीहरुलाई कसरी पढाउन सक्छ ? ’

तर सुदूरपश्चिमका कलेजहरुमा अस्थायी मात्र नभई स्थायी अध्यापकहरु पनि मापदण्ड विपरित धेरै पिरियड पढाउँदै आएका छन्। ११ र १२ मा दिनको चार, स्नातकमा हप्ताको ६ दिनमा १५ र स्नात्तकोत्तरमा दिनको एक पिरियड मात्रै पढाउन मिल्ने व्यवस्था छ। तर सुदूरपश्चिमका कलेजहरुमा भने सिजनमा एकै दिन १५ पिरियड सम्म एक जना अध्यापकले पढाउने गरेका छन्।

सबै संकायका कक्षाहरु एकै दिन सञ्चालन भएको समयमा एक जना अध्यापकले धेरै पिरियड सम्म पढाउने गरेको  पव्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पसका सभापति धर्मराज उपाध्यायले पनि स्विकार गरे। उनले धेरै अध्यापक राखेर कलेजको खर्च बढाउनुभन्दा कम शिक्षकलाई राम्रो पारिश्रमीक दिने परिपाटी रहेको बताए। 

कलेजहरुले क्षमता भन्दा बढि मापदण्ड मिच्दै एकै जनालाई धेरै पिरियड पढाउने परिपाटीको पछाडी कुनै विशेष कारण भने दिन सकेका छैनन्। स्थायी अध्यापकलाई समेत अत्तिरित्त सेवा सुविधा दिएर थप पिरियड पढाउने परिपाटी बनाईएको छ। क्तिपय कलेजमा त उनीहरुले अन्य कलेजमा पनि अध्यापन गर्नका लागि कुनै रोक लगाईएको छैन्।

श्रोतका अनुसार अध्यापक नपाएर नभई एकै जनाको धेरै आम्दानी गराउनका लागि यस्तो परिपाटी ल्याईएको हो। तर यस्ले शिक्षाको गुणस्तर सुधारमा ठुलो चुनौती ल्याईरहेको विषयमा भने हेक्का राखिएको छ। नियमनकारी निकाय पनि यस बारेमा उदासिन छन्। सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले भने विभिन्न शिक्षा ऐनहरु बनिरहेकोले ऐन बनेपछि कडाई गर्ने बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस